अब जोर-बिजोर प्रणालीमा पनि सवारी चलाउन नपाइने, लागु हुँदैछ यस्तो नयाँ नियम

काठमाडौं । सरकारले जोर-बिजोर प्रणाली हटाएर फेरि पासका आधारमा सवारी चल्न दिने तयारी थालेको छ । कोरोना भाइरसको संक्रमण बढ्दै गएको भन्दै सरकारले पुनः पास भएका सवारीलाई मात्र चल्न दिने तयारी थालेको हो ।राजधानी लगायत देशभर नै कोरोनाको संक्रमण बढ्दै गएको तथा सवारी दुर्घटना पनि बढेको भन्दै पास सिस्टम लागू गर्न लागिएको हो ।सरकारले चैत्र ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) गरेपछि अत्यावश्यक कामका लागिबाहेक अरु कामका लागि सवारी चलाउन नपाइने नियम ल्याएको थियो ।

असार १ गतेदेखि भने लकडाउन केही खुकुलो बनाउँदै जोर विजोरका आधारमा निजी सवारी सञ्जालन गर्न दिइएको थियो ।निजी सवारी जोर–विजोर प्रणालीका आधारमा चले पनि सार्वजनिक सवारी भने चल्न दिइएको छैन ।यस्तै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को कन्ट्याक्ट ट्रेसिङ कन्ट्रोल रुम सोमबार बिहान निकै व्यस्त थियो । एउटा कोठामा देशभरका संक्रमितको विवरण बटुलिंदै थियो भने अर्कोमा काठमाडौं उपत्यकामा कोरोना पोजिटिभ देखिएकालाई सम्पर्क गरेर विवरण टिपिँदै थियो । संक्रमितको ट्रेसिङ गरिरहेका दुई जना निकै तनावमा देखिन्थे । काठमाडौं उपत्यकामा आइतबार ३० जनामा संक्रमण पुष्टि भएको थियो ।

उनीहरू प्रयोगशालाहरूबाट प्राप्त फोन नम्बरमा संक्रमितलाई फोन गरिरहेका थिए । तर कसैको फोन अफ हुन्थ्यो त कसैले उठाउँदैनथे । ‘हामीले हिजो संक्रमित देखिएका सबैलाई सम्पर्क गरेका थियौं, एक–दुई जनाले हामीले सम्पर्क गरेपछि फोन अफ गर्नुभयो । उहाँहरूलाई अहिले पनि सम्पर्क गर्ने कोसिस गरिरहेका छौं,’ एक कन्ट्याक्ट ट्रेसरले भने, ‘ट्रेसिङको सबैभन्दा गाह्रो पाटो भनेकै संक्रमितलाई अस्पतालको आइसोलेसनसम्म ल्याउनु हो ।’ स्वरुप आचार्य र मकर श्रेष्ठले कनातिपुर दैनिकमा समाचार लेखेका छछन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा १ सय ६१, ललितपुरमा ३९ र भक्तपुरमा ३९ जना गरी उपत्यकामा हालसम्म २ सय ३९ जना संक्रमित छन् । सोमबार मात्रै काठमाडौंमा २४, ललितपुरमा २० र भक्तपुरमा १० जना गरी ५४ नयाँ संक्रमित थपिएका हुन् । ईडीसीडीका अनुसार सोमबार अपराह्नसम्म १ सय ५३ संक्रमित आइसोलेसनमा छन् । तीमध्ये केहीको आईसीयूमा भर्ना गरेर उपचार भइरहेको छ । ललितपुरमा १ र काठमाडौंमा १ जनाको मृत्यु भएको छ । सोमबार संक्रमण पुष्टि भएका ५४ जना र आइतबार पुष्टि भएका २ जनालाई सोमबार रातिसम्म अस्पताल ल्याइएको छैन ।

प्रतिक्रिया दिनुहोस