महिला हार गुहा,र गर्दै रोइरहन्छिन् तर प्रहरीले छाड्दैन कु,ट्न, नि,मर्म यातना दिँदै कुट्ने प्रहरीलाई गरियो का,रवाही

रुकुम पश्चिमको आठबिसकोट नगरपालिका वडा नं. ९ की २१ वर्षीया नेहा विष्टमाथि निर्घात कु,टपिट गर्ने नगर प्रहरी निर्मला विक नि,लम्बित भएकी छन्।

आठबिसकोट नगरपालिकाले बिहीबार एक विज्ञप्ति प्रकासित गरी विकलाई निलम्बित गरिएको जानकारी दिएको हो।

जेठ १ गते दिउँसो जाजरकोटमा नेहालाई नियन्त्रणमा लिइसकेपछि अमानवीय ढंगले कुटिपट भएको थियो। उक्त भिडिओ असार २३ गते मात्रै सार्वजनिक भएको थियो। भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि नगरपालिकाले प्रशासकीय अधिकृत मानबहादुर बुढाथोकीको संयोजकत्वमा तीन सदस्य छानबिन समिति गठन गरेको थियो।

उक्त समितिले नगर प्रहरी विकलाई दोषी ठहर गर्दै निलम्बन गर्नुको साथै आवश्यक का,नुनी कार,बाहीको प्रक्रिया अगाडि बढाउन आग्रह गरेको छ।

रुकुम पश्चिम जिल्ला प्रहरी प्रमुख ठगबहादुर केसीका अनुसार भिडिओ सार्वजनिक भएपछि त्यसबारे छानबिन गर्न बुधबार नै प्रहरी निरीक्षक कविराज रोकाको नेतृत्वमा ४ सदस्य छानबिन समिति गठन गरिएको छ। उक्त समितिलाई ५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

महिलामाथि कुटपिट भइरहँदा भिडिओमा देखिएकामध्ये एक जना हवल्दार घाइते भइ नेपालगञ्जमा उपचाररत् रहेको हुँदा उनीसँग फोनमा कुरा भएको र अन्य दुई प्रहरी जवानलाई बोलाएर सोधपुछ भएको प्रहरीले बताएको छ।

त्यस्तै, घटनाका प्रत्यक्षदर्शीहरूलाई पनि बोलाएर सोधपुछ भइरहेको डिएसपी केसीले बताए।

तर पीडित भनिएकी महिलालाई भने फेला पार्न नसकिएको केसीले जानकारी दिए।

त्यस्तै, महिलाका आफन्तलाई बोलाएर घटनाबारे बुझ्ने काम भइरहेको डिएसपी केसीले जानकारी दिए।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस