भारतीय सञ्चार माध्यमको ज्याजति प्रति नेकपा असन्तुष्ट : प्रबक्त्ताले भने बकबास बन्द गर !

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकार र प्रधानमन्त्रीबारे भारतीय सञ्चार माध्यमले अनर्गल प्रचार गरेको भन्दै आपत्ति जनाएका छन् ।भारतीय मिडियाको अनर्गल प्रचारले सीमा नाघेको भन्दै उनले ट्विटरमा लेखेका छन, ‘हद भयो, बकवास बन्द गर ।’

राष्ट्रिय सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाका निम्ति आफूहरु एक ढिक्का रहेको उनले बताएका छन् । श्रेष्ठले ट्वीट गर्दै भनेका छन्, ‘विदेशीको फुटाउ र स्वास्थ्य पूरा गर नीति सफल हुन दिने छैनौं । यहाँ के गर्ने भन्ने हाम्रो कुरा हो ।’

राज्यको चौथो तथा अति शक्तिशाली अंग मानिने पत्रकारिताले यस्तो हर्कत गर्नु लाजमर्दो भएको जानकारहरु बताउँछन् । पत्रकारिता शब्दले नै मानिसमा विश्वास र साहस जगाएको हुन्छ । तर, भारतीय मिडिया भने पत्रकारिताका नाममा असनका साँढेजस्तै भएका छन् । उनीहरुको यस किसिमको पत्रकारिताले मानिसमा भ्रम पैदा गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस