सप्तकोशीमा पानीको बहाव यो वर्षकै उच्च, ३० वटा ढोका खोलियो

२६ असार, विराटनगर । सप्तकोशी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ । पहाडी क्षेत्रमा निरन्तरको वर्षासँगै आएको बाढीका कारण सप्तकोशी नदीमा पानीको बहाव उच्च मापन भएको हो ।

कोशी ब्यारेज कन्ट्रोल रुमका अनुसार सप्तकोशी नदिमा शुक्रबार बिहान १० बजे पानीको बहाव २ लाख ७ हजार ७१५ क्यूसेक मापन भएको छ । पानीको बहाव यो वर्षकै उच्च हो ।कोशीमा पानीको बहाव बढ्दो क्रममा रहेका कारण ५६ मध्ये ३० वटा ढोका खुला गरेको कन्ट्रोल रुमले जनाएको छ । ब्यारेजमा खतराको संकेत रातो बत्ती बालिएको छ ।

‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गर्ने आरोपमा अर्जुन क्षेत्री पक्राउ

आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन्।

उनलाई बिहीबार राति अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।

क्षेत्रीले ‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ। तर अख्तियारका प्रवक्ताले प्रदीपकुमार कोइरालाले भने अहिले जानकारी आइनसकेको बताएका छन्।

उनलाई महानगरीय अपराध महाशाखा र अख्तियारको टोलीले पक्राउ गरेको हो।यसबारेमा विस्तृत विवरण आउन बाँकी छ।

यसअघि पनि उनी भूकम्प आउँछ भन्ने अफवाह फैलाएपछि पक्राउ परेका थिए।

प्रतिक्रिया दिनुहोस