‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गर्ने आरोपमा अर्जुन क्षेत्री पक्राउ

आफूलाई ज्योतिषी बताउने अर्जुन क्षेत्री पक्राउ परेका छन्।

उनलाई बिहीबार राति अख्तियार दुरूपयोग अनुसन्धान आयोग टंगालको टोलीले पक्राउ गरेको हो।

क्षेत्रीले ‘अख्तियारको सहसचिव हुँ’ भन्दै ठगी गरेको आरोपमा उनलाई नियन्त्रणमा लिएको स्रोतले बताएको छ। तर अख्तियारका प्रवक्ताले प्रदीपकुमार कोइरालाले भने अहिले जानकारी आइनसकेको बताएका छन्।

उनलाई महानगरीय अपराध महाशाखा र अख्तियारको टोलीले पक्राउ गरेको हो।यसबारेमा विस्तृत विवरण आउन बाँकी छ।यसअघि पनि उनी भूकम्प आउँछ भन्ने अफवाह फैलाएपछि पक्राउ परेका थिए।

लकडाउनको अवधिमा बन्द रहेका शैलुन पसलहरु खुल्न थालेसँगै मुल्य बढाइएको छ ।

काठमाडौं उपत्यकामा रहेका करिब ३० हजार सैलुन व्यवसायीले आफूखुसी निर्णय गर्दै सबै प्रकारका सेवा शुल्क एकैपटक वृद्धि गरेका छन्

कपाल काटेको शुल्क पहिलेको एक सय ३० (व्यवहारमा १००) बाट बढाएर १५० रुपैयाँ पु¥याइएको छ । यस्तै दारी काटेको शुल्क ७० रुपैयाँबाट एकैपटक १०० रुपैयाँ कायम गरिएको छ ।

नाइ संघको विज्ञप्ति अनुसार अब कपाल डिजाइनिङ कटिङ गरेको (नेटबाट)३५० देखि ५ सय, दाह्री डिजाइनिङ गरेको २५० देखि ३ सय, टाउको मसाज गरेको २५०, सैम्पू गरेको १५०, फेस ब्लिच गरेको ७ सय देखि हजार, फेसियल गरेको हजारदेखि १२ सय, फेसवास गरेको ३५० देखि ५ सय ५०, कपाल कालो गरेको ३५० देखि ५५० सय तथा हेयर डेढ लक गरेको १२ देखि२५ हजारसम्म तोकेको छ।

आधाभन्दा बढी भारतीय

काठमाडौं उपत्यकामा करिब ३० हजार सैलुनहरु सञ्चालनमा रहेको संघको दाबी छ । यीमध्ये आधाभन्दा धेरै सैलुनको स्वामित्व भारतीय नागरिकहरुमा रहेको बताइन्छ । तर, यसको कुनै एकिन तथ्यांक भने छैन ।

व्यवसाय दर्ता नभएका तथा करको दायरामा नरहेका यस्ता व्यवसायबाट ठूलै धनराशी विदेशिने सरकारी आंकलन छ ।

नाइहरुले संगठन खोलेर यो पेशामा सिन्डिकेट कायम गरेका छन् । नाइ संघले तोकेको मूल्यभन्दा कममा सेवा दिनेहरुलाई कारबाही गर्ने गरिएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस