भारतीय मिडियाले प्रधानमन्त्रीको अपमान गरे, नेपालमा नहेरौं – गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका युवा नेता तथा सांसद गगन थापाले भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको बताएका छन् ।

भारतीय टिभी च्यानलमा नेपाल र प्रधानमन्त्री केपी शर्माविरुद्ध आपत्तिजनक समाचारहरु प्रकाशित भइरहेका छन् । यसैबीच भारतीय टिभी जी न्यूजले प्रधानमन्त्री ओलीलाई चिनियाँ राजदुत होउ यान्छीले ‘हनीट्रयाप’ मा पारेर भारत विरोधी बनाएको रिपोर्ट बुधबार प्रशारण गरेको थियो । अहिले आमस्तरमा जीन्यूजको सो रिपोर्टविरुद्ध सामाजिक संजाल र मिडियामा कडा आलोचना भइरहेको बेला नेता गगनको यस्तो टिप्पणी आएको हो ।

गगनले नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ भन्दै तर यस सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको बताएका हुन् ।
उनले त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउन अपिल गरेका छन् ।

गगन थापाले भनेका छन् :

‘नेकपाको विवादमा चीनियाँ राजदूतको अशोभनीय संलग्नता आपत्तिजनक छ, प्रश्न गरौँ । तर यो सन्दर्भमा केही भारतीय सञ्चार माध्यममा प्रधानमन्त्रीज्यूलाई जोडेर प्रसारित विषयवस्तुले हामी सबैको अपमान गरेको छ । त्यस्ता गोदी मिडिया नेपालमा नहेर्ने मात्र हैन अबदेखि तिनका कार्यक्रममा भाग पनि नलिउँ ।’

प्रतिक्रिया दिनुहोस