पत्नीको ह,त्या गरेर श,वलाई बेडमुनी राखे, २ दिन त्यसैमाथि सुते, त्यसपछि…

काठमाडौँ । एक व्यक्तिले तीन दिन पहिले पत्नीको हत्या गरेर बेडमुनी लुकाए। रक्सीको नसाको तालमा ती पुरुष २ दिनसम्म त्यही शवमाथि सुते ।तेस्रो दिन उनले रक्सीकै नशामा पत्नीको हत्या गरेको कर्तुत स्वीकार गरे । यो घटना भारतको मोतीनगर क्षेत्रको हो।

एक पुरुषले पत्नीको घाँटी थिचेर हात्या गरेर शवलाई बेढमुनी लुकाएर राखेका थिए। शनिबार र आइतबार दुई दिनसम्म शवमाथि सुत्दै आएका ती व्यक्तिले तेस्रो दिन हत्या गरेको खुलासा गरे ।
उनले नसाको तालमा जो व्यक्तिसँग पत्नीको हत्या गरेको कुरा सुनाए, ती व्यक्तिले महिलाको माइती पक्षलाई खबर गरेका थिए। माइती पक्ष उनको खोजी गर्न प्रहरीसहित घरभित्र आएपछि शव बेडमुनी भेटियो ।

प्रहरीले आरोपीलाई पक्राउ गरेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। प्रहरीका अनुसार रक्सीका कारण झगडा भएपनि ती व्यक्तिले पत्नीको घाँटी थिचेर हत्या गरेको बताएका छन्।
केही दिनअघि झगडा भएपति पत्नी माइतीको शरणमा पुगेकी थिइन्। तर शुक्रबार फेरि उनी आफ्नो घर फर्किएकी थिइन्। घर फर्किएको भोलिपल्टै उनको हत्या भएको समाचारमा उल्लेख छ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस