जी न्युजका सम्पादकले दुख व्यक्त गर्दै हटाए नेपालबारे विवादित ट्वीट

नयाँदिल्ली : भरतीय टेलिभिजन जी न्युजका प्रधान सम्पादक सुधीर चौधरीले आफ्नो टिप्पणीले नेपाली दर्शकहरुमा चोट पुगेको भन्दै नेपालबारे लेखेको ट्वीट हटाएका छन् ।

नेपालमा याँका केही मल्टी सिस्टम अपरेटरहरुले भारतीय टिभी च्यानलको प्रशारण बन्द गरिदिएपछि पत्रकार चौधरीले नेपालबारे विवादित ट्वीट लेखेका थिए । उनले लेखेका थिए, ‘नेपालले भारतीय न्युज च्यानलको प्रसारण बन्द गरेको छ । यो देश त भारतका न्युज च्यानलका एंकरसँगै डरायो त । सेना त अघि त सर्नै परेन ।’

सुधीरको यस्तो टिप्पणीप्रति धेरैले आपत्ति जनाउँदै विरोध गरेका थिए । विरोध हुन थालेपछि उनले आफ्नो ट्वीट हटाएका हुन् । उनले आफ्नो ट्वीटले नेपाली दर्शकहरुलाई चोट पुर्याएको र धेरै साथीले उक्त बिचार सही नभएको सुझाव दिएपछि दुख व्यक्त गर्दै ट्वीट हटाएको उनको भनाइ थियो ।

यसअघि जी न्युजले नेपालका प्रधानमन्त्री केपी ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीबारे बनावटी रिपोर्ट गरेको थियो । तर यसका प्रधान सम्पादक चौधरीले यसबारे केही प्रतिक्रिया दिएका छैनन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस