भारतीय समाचार च्यानल बन्द गरेकोमा सरकारद्वारा धन्यवाद !

काठमाडौं, २७ असार । सरकारले अनर्गल प्रचार गर्ने भारतीय टेलिभिजनहरूको प्रसारण बन्द गरेकाेमा धन्यवाद दिएकाे छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक विज्ञप्ती जारी गर्दै विदेशी च्यानल वितरण मल्टिसिष्टम अपरेटर (एमएसओ) हरूलाई यस कार्यका लागि धन्यवाद दिएको हाे ।

शुक्रबार विज्ञप्ति निकालेर मन्त्रालयले नेपालका मर्यादित संस्था र नेतृत्वलाई लाञ्छना गरी अनर्गल सामग्री प्रसारण गर्ने कतिपय भारतीय सञ्चारमाध्यमहरूको प्रसारणबाट राष्ट्रिय संवेदनामा आँच आउने कुरालाई ध्यानमा राखी सेवा प्रदायकले भारतीय टेलिभिजनको प्रसारण रोकेकोमा धन्यवाद ज्ञापन गरेकाे छ ।

पछिल्लाे समय केही भारतीय टेलिभिजन च्यानलहरूले नेपाल र चीनलाइ जाेडेर अनर्गल प्रचार गर्दै आएका थिए । साथै नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीको नाम र तस्वीर जोडेर आपत्तिजनक सामग्री प्रचार गरेका थिए । यसबाट नेपालीहरूकाे स्वाभिमानमा आँच पुगेकाे भन्दै भारतीय च्यानल बन्द गर्न दबाब परेकाे थियाे ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस