सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

काठमाडौं, असार २७ । सिनामंगलस्थित केएमसी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । शनिबार विहान मृत्यु भएको ति व्यक्तिको काठमाडौंकै पुरुष रहेको खुलेको छ ।
यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

ओमनबाट स्वदेश फर्कन लागेका नेपालीलाई राजदूत पराजुलीले गरिन् जहाजभित्रै चढेर विदाई

काठमाडौँ । कोरोनाका कारण ओमनमा समस्यामा परेका थप १७९ नेपाली स्वदेश फर्किएका छन् । दूतावासको प्राथामिकतामा परेका उनीहरु सलाम एयरको तेस्रो चार्टर उडानमार्फत शुक्रबार स्वदेश फर्किएका हुन् ।

मस्कटस्थित नेपाली दूतावासका अनुसार सो उडानमा १४६ पुरूष, ३३ महिला, २ नाबालक र १ तीन महिनाको शिशु स्वदेश फर्किएका हुन् । यसअघि सलाम एयरकै २ वटा उडानमार्फत ३११ नेपाली स्वदेश फर्किसकेका थिए।

काठमाण्डौँका लागि जहाज उड्नुअघि यात्रुहरू तथा चालकदलका सदस्यहरूको कोरोना भाइरसको संक्रमण नभएको पिसिआर परीक्षणको रिपोर्ट रहेको सुनिश्चित गरिएको दूतावासले जनाएको छ ।

स्वदेश फर्किने नेपालीहरुलाई विदाई गर्न ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकाल स्वयम मस्कटस्थित अन्तराष्ट्रिय विमानस्थल पुगेकी थिइन् । उनले उड्न लागेको जहाजभित्रै चढेर विदाईको हात हल्लाउँदै सफल यात्रा तथा सुखमय जीवनको लागि शुभकामना समेत दिएकी थिइन् ।

सो चार्टर उडानका लागि सेवा प्रदायक कम्पनी सलाम एयरले ११५ ओमनी रियल (नेपाली करिब ३६ हजार १ सय) भाडा लिएको थियो। जुन नेपाल सरकारले तोकेको भाडादर भन्दा निकै सस्तो हो । सरकारले ओमनबाट फर्किन ६१ हजार रुपैयाँ भाडा दर तोकेको थियो ।

Dc nepal बाट साभार

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस