कोरोना संक्रमित बिरामीको केएमसी अस्पतालमा मृत्यु, मृतकको संख्या ३६ पुग्यो

काठमाडौं-केएमसी अस्पतालमा कोरोना संक्रमित बिरामीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोकर्णका ५४ वर्षका पुरुष रहेका छन् । उनको उपचारका क्रममा असार २५ गते मृत्यु भएको थियो । असार २६ गते उनको पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको केएमसी अस्पतालका निर्देशक डा। मुकुन्द राज जोशीले बताए । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ३६ पुगेको छ ।

श्वासप्रश्वासको समस्या भएका ति व्यक्ति मिर्गौलाको बिरामी थिए । स्वास्थ्यमा समस्या आएपछि उनलाई यही असार १९ गते त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको थियो । तर, आइसीयू खाली नभएपछि उनलाई केएमसी रिफर गरिएको थियो । मृत्यु भएको भोलिपल्ट आएको रिपोर्टमा ति व्यक्तिमा कोरोना भेटिएको छ । मृतक व्यक्तिको शब नेपाली सेनाको टोलीले शनिबार विहान उनको शव व्यवस्थापन गरेको हो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस