तनहुँको क्वारेन्टिनमा राखिएका एक पुरुषको मृत्यु, कोरोना परीक्षण गर्ने तयारी

दमौली, २७ असार । तनहुँको भानु नगरपालिका-२ स्थित शारदा कलेजमा तयार गरिएको क्वारेन्टिनमा राखिएका एक पुरुषको मृत्यु भएको छ । गत असार २४ गते भारतबाट विरामी अवस्थामै एम्वुलेन्समा ल्याएर उक्त क्वारेन्टिनमा राखिएका ६६ वर्षीय पुरुषको शनिबार बिहान उपचारका लागि पोखरा लग्दै गर्दा मृत्यु भएको बताइएको छ ।

सुगर, प्रेसर, दम, प्यारालाइसिस जस्ता दीर्घरोगबाट पीडित ती पुरुषमा शनिबार बिहान करिब ४स्३० बजेको समयमा अचानक स्वास्थ्य समस्या देखिएको भानु नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले जानककारी दिनभयो ।

ुभारतबाट आएका ती पुरुषमा दीर्घरोगको समस्या रहेको हुँदा होम क्वारेन्टिनमै राख्न अनुरोध गरिएको भएपनि घरपरिवार र स्थानीयले नै क्वारेन्टिनमा राख्नुपर्ने बताएपछि राखिएको थियो । हिजोसम्म उनको स्वास्थ्यमा खासै केही समस्या नदेखिएको भएपनि बिहान अचानक स्वास्थ्यमा समस्या आएको थियो । अचानक स्वास्थ्यमा समस्या आएपछि ती पुरुषलाई थप उपचारका लागि गण्डकी अस्पताल पोखरा पठाइएको स्वास्थ्य शाखा प्रमुख भट्टराइले बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीका अनुसार बिरामीलाई तत्काल उद्धार गरी थप उपचारका लागि पोखरा लग्दै गर्दा बाटोमा मृत्यु भएको र उनको स्वाब नमुना संकलन गरी पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्ने तयारी भएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस