उदयपुरमा बाढीको उच्च जोखिम, उद्धारका लागि स्थानीय प्रशासन पूर्वतयारीमा

गाईघाट, असार २७ गते । दुईदिन देखि परेको अविरल वर्षासँगै स्थानीय खोलाहरुमा आएको बाढीले उदयपुरको सदरमुकाम गाईघाट बजार जलमग्न भएको छ । जिल्लाका त्रियुगा ,बरुवा ,ककरु,तावा र यारी लगायत दर्जनौ खोलामा पानीको वहाव उच्च भएसँगै बाढीको जोखिम बढेको छ ।
अविरल वर्षाबाट जिल्लाको जनजीवन चौतर्फि रुपमा प्रभावित भएको छ । स्थानीय बरुवा र त्रियुगा खोलामा आएको बाढीले कतिपय स्थानमा तटबाध बगाउदा गाईघाट पूर्वको वस्तिहरु उच्च जोखिममा परेको छ । त्रियुगा नगरपालिका वडा नं ११ को असारी रोड र बरुवा वसपार्क क्षेत्रमा स्थानीय वासिन्दाका दर्जन बढि घरहरु डुवानमा परेका छन ।

यसैबीच पानी पर्ने क्रम अझै नरोकिएको र जोखिम झन बढ्दै गएको भन्दै जिल्ला विपत ब्यावस्थपन समितिका अध्यक्ष एवम उदयपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शशिकुमार लम्सालले कुनैपनि बेला हुनसक्ने बिपतिबाट सर्वसाधारणलाई तत्काल राहात र उद्धारका लागि स्थानीय प्रशासन तयार िअवस्थामा रहेको बताउनुभयो ।

निमित्त प्रजिअ लम्सालले नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीसहितको टोलि उच्च सतर्कतासाथ तयारी अवस्थामा रहेको र हालसम्म गाईघाट आसपासका केहि स्थानमा पानीको डुवान सुरुभएको,सप्त कोसीको बाढीले वेलका नगरपालिकाको विभिन्न स्थानमा कटान गर्न थालेको भन्ने जानकारी प्राप्त भएको बताउनुभयो ।
अहिले पनि मुसल्धारे पानी परिरहेकोले बाढी र पहिरोको जोखिम बढ्नसक्ने भएकोले सवै स्थानीय निकायसँगको सूचना श्रोत बलियो बनाइएको,पीडितहरुको तत्काल उद्धार राहतकालागि पूर्णरुपमा आपूmहरु तयारी अवस्थामा रहेको र उच्च जोखिम भनिएका क्षेत्रहरुमा सुरक्षाकर्मीको टोली समेत परिचालन गरिसकिएको निमित्त प्रजिअ लम्सालले बताउनुभयो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस