शनिवार ७० जनामा कोरोना संक्रमण पुष्टि, ४३१ निको भएर घर फर्किए

पछिल्लो २४ घण्टामा थप ७० जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ६ सय ४८ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

सरकारले दैनिक गरिने नमूना परीक्षणको दायरा दिनदिनै कम गर्दै लगेको छ । देशभर प्रयोगशालाको संख्या बढाएर २५ पुग्दापनि नमूना परिक्षण भने सुस्त गतिमा चलिरहेकोमा जनस्वास्थ्य विज्ञहरुले चिन्ता गरेका छन् । आजै ४ सय ३१ जना निको भएर डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या ८ हजार ४ सय ४२ जना पुगेका छन् । तथ्यांकलाई विश्लेषण गर्ने हो भने कुल संक्रमितमध्ये ५० दशमलव ४९ प्रतिशत निको भएका छन्।

अहिलेसम्म नेपालमा २ लाख ७९ हजार ५ सय ९९ जनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस