जीउँमा रुख ढलेर गम्भीर घाईते महिला , उपचार गराउन नसकी घरमै थला

अछाम: रुख ढलेर शरिरमा खस्दा गम्भीर घाइते भएकी महिला थप उपचार गराउन नसकी घरमै थला परेकी छन । जिल्लाको मंगलसेन नगरपालिका ४ घर भएकी ३५ बषिया लंका बिक जीउँमा रुख ढलेर गम्भीर घाईते भएकी बिकको आर्थिक अभावका कारण उपचारमा समस्या भएको हो।

घर नजिकै रहेको बारीमा कोदो गोड्ने क्रममा सुकेको सिर्सेको रुख ढलेर शरिरमा खस्दा गम्भीर घाइते भएकी थिइन्। गत असार २३ गते दिउसो ४ बजे उनी गम्भीर घाइते भएकी उनको श्रीमान नृप बिक ले बताएको छ ।

गम्भीर घाइते बिकलाई सोही दिन उपचारका लागि जिल्ला अस्पताल मंगलसेनमा ल्याइएको थियो। उनको टाउको, हात र करङ्गमा गम्भिर चोट लागेका कारण उनको उपचार यता सम्भव नभएपछि अस्पतालले उनलाइ सोही दिन बयलपाटा अस्पताल अथवा अन्य सुविधा सम्पन्न अस्पतालमा लैजान उनका घरपरिवारलाई सल्लाह दिएका थिए ।

परिवारले उनलाई उपचारका लागि बयलपाटा अस्पताल पुर्याए पछि २ दिन राखेर सामान्य उपचार पछि अस्पतालले उनलाई नेपालगंज रेफर गरिएको छ । निकै नै आर्थिक अभावका कारण परिवारले उनलाई बिहिवार घरमा ल्याएर राखेको उनका श्रीमानले बताउनु भयो। अहिले उनलाई घरमै राखिको छ।

घटना भएको शुक्रबार ४ दिन भइसकेको छ । घाइते बिकको परिवारले आर्थिक सहयोगका लागि सवै संग गुहार माग्दै सहयोगको लागि अपिल समेत गरेका छन्।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस