इन्काउन्टरमा मारिएका गुण्डा विकासको श्रीमतीको धम्की, ‘अब म बन्दुक उठाउँछु, सबैसंग बदला लिन्छु

काठमाडौं । डिएसपी सहित ८ प्रहरीको ज्यान लिएका गु’ण्डा विकास दुबेको श्रीमतीले पनि ध’म्की दिएकी छन् । उनले आफ्ना श्रीमानको अन्तिम संस्कारका सकिएपछि पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिने क्रममा ध’म्की दिएकी हुन् । उनले आवश्यक परे अब आफुले ब’न्दुक उठाउने बताएकी छन् । ‘म सबैसंग बदला लिन्छु’ उनले भनेकी छन् ।

कानपुरमा विकास दुबेको अन्तिम संस्कार गरिएको थियो । अन्तिम संस्कारमा विकासको श्रीमती, छोरा र केही निकै नजिकका आफन्त मात्र सहभागी थिए । अन्तिम संस्कार पछि पत्रकारले प्रश्न गर्दा उनी उ’त्ते’जित भएकी थिइन् । पत्रकारलाई अशभ्य भाषा पनि बोलेको भारतीय मिडियाले उल्ल्ेख गरेका छन् ।

भैरव घाटमा विकासको अन्तिम संस्कारका क्रममा केही सञ्चारकर्मी पनि पुगेका थिए । कानपुरमै दुवेको पोष्टमार्टम गरिएको थियो । पत्रकारहरुले गरेको प्रश्नमा उनले भनिन्, ‘तिमीहरु आफ्नो बाटो लाग । जसले मेरो श्रीमानलाइ यस्तो अवस्थामा ल्याया उनीहरुसंग मैले बदला लिन्छु । मेरो श्रीमानलाई जस्तो हालत बनाए म उनीहरुलाई पनि त्यस्तै बनाउँछु । आवश्यक परे ब’न्दुक पनि उठाउँछु ।’

८ जना प्रहरीको ज्यान लिएका विकासको प्रहरी इ’न्का’उन्ट’रमा निधन भएको हो । घटना भएको ८ दिन पछि प्रहरीले उनलाई मन्दिरमा लु’केर बसेको अवस्थामा फेला पारेको थियो । विकासलाई लिएर हिडेको गाडी दुर्घटनामा परेपछि प्रहरीकै ब’न्दुक खो’सेर भा’ग्न खोजेका उनलाई गो’ली च’लाइ’एको प्रहरीले जनाएको छ ।

विकासको शव उनको वहिनीका श्रीमानलाई जिम्मा दिइएको थियो । विकासको शव अन्तिम संस्कारका लागि लैजादा पनि प्रहरीले निकै कडा सुरक्षा ब्यवस्था गरेको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस