प्रेमीबारे चलेको हल्लाबारे मुख खोलिन पूर्णिकाले (भिडियो सहित)

काठमाडौं । पूर्वयुवराज पारस शाह र हिमानीकी छोरी पूर्णिका शाह केही समयदेखि सामाजिक सञ्जालमा सक्रिय भइरहने गर्छिन् । उनले सामाजिक सञ्जालमा साहित्यिक रचना, विचार र दर्शन जस्ता कुरा लेख्न मन पराउँछिन् । यसैबीच हालै पूर्णिकाले आफ्नो प्रेमी भएको भन्ने हल्ला सही नभएको बताएकी छिन् । उनले समाजिक सञ्जालमा एक टिकटक भिडियामार्फत यस्तो बताएकी हुन् । उनले भनेकी छिन् – ‘मेरो बारेमा केही कुरा छपिएको भन्ने सुने, त्यो कुरामा कुनै सत्यता छैन,सबैलाई यो कुरा नपत्याउन अनुरोध गर्दछु ।’ केही समयअघि सामाजिक सञ्जालमा उनको आफूभन्दा दश वर्ष जेठो प्रेमी भएको खबरहरु आएको थियो ।

काठमाडौं, असार २८ । कोरोना भाइरसको महामारी बढीरहेका बेला विश्वभर यो रोगको संक्रमणबाट ५ लाख ६७ हजार मानिसको मृत्यु भएको छ । करिब ६ महिनादेखि विश्वभर फैलिएको यो सरुवा रोगबाट यो समाचार तयार पार्दासम्म एक करोड २८ लाख ३९ हजार पाँच सय ६६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

चीनबाट सुरु भएको यो रोगलाई हेलचक्राई गर्दा सबैभन्दा बढी प्रभावित अमेरिका भएको छ भने ब्राजिल दोस्रो, भारत तेस्रो,रसिया चौथो र पाँचौ नम्बरमा पेरु रहेका छन् ।

विश्वभर ७४ लाख ७७ हजार ६ सय ८३ जना निको भएर घर फर्केका छन् । यसैबिच नेपालमा भने शनिबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १६ हजार सात सय १९ पुगेको छ । जसमध्ये आठ हजार चार सय ४२ जना उपचारपछि डिस्चार्ज भएका छन्।

डिस्चार्ज भएका घर फर्केका यी व्यक्तिमध्ये फेरि कोही व्यक्ति संक्रमित भएर उपचारका लागि अस्पताल भर्ना भएका छन् तरु स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस