कोरोनाबाट ब्राजिलमा एकैदिन एक हजार ७१ को मृत्यु

ब्राजिल- ब्राजिलमा एकैदिनमा ३९ हजारभन्दा बढी सङ्क्रमित भएको अधिकारीहरुले आइतबार जानकारी दिएका छन् । कोरोनाभाइरसकै कारण ब्राजिलमा पछिल्लो २४ घण्टामा एक हजार ७१ जनाको मृत्यु भएको छ । योसँगै ब्राजिलमा कोरोनाका कारण मृत्यु भएकाहरुको संख्या ७१ हजार ४६९ पुगेको अधिकारीहरुले जनाएका छन् ।

भियतनाममा भेटिएनन् सङ्क्रमित कोरानाभाइरसबाट प्रभावित हुदै आएको भियतनाममा पछिल्लो समय कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरु थपिएका छैनन् । स्थानीय समय अनुसार शनिबार मध्यान्हसम्म कुनै नयाँ सङ्क्रमित नभेटिएको सरकारी अधिकारीहरुले जनाएका छन् । भियतनाममा अहिलेसम्म कोरोनाभाइरसबाट सङ्क्रमितको संख्या ३७० मात्रै रहेको समाचारमा जनाइएको छ ।

सङ्क्रमितमध्ये २३० जनालाई क्वारेन्टाइनमा राखिएको थियो । अधिकारीहरुका अनुसार सङ्क्रमित भएका मध्ये ३५० जना अर्थात् ९४.६ प्रतिशत सङ्क्रमितहरु सङ्क्रमणमुक्त भइसकेका छन् । भियतनाममा कोरोनाभाइरसका कारण अहिलेसम्म कसैको पनि मृत्यु भएको पुष्टि नभएको जनाइएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस