खुशीको खबर, नेपालमा आजमात्रै १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर घर फर्के, जुन कोरोनालाई जितेर डिस्चार्ज हुने अहिलेसम्मकै सबैभन्दा उच्च संख्या हो

काठमाडौ, असार २९ । नेपालमा सोमबार मात्रै थप १ हजार ७ सय ५ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले थप १ हजार ७ सय ५ जना कोरोना संक्रमण मुक्त भएको जानकारी दिएका हुन् । योसँगै हालसम्म नेपालमा १० हजार २ सय ९४ जना डिस्चार्ज भएका छन् ।

त्यस्तै आजमात्रै देशभर १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा जागेश्वर गौतमले पुष्टी गर्दै सावधानी अपनाउन आग्रह गरेका छन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस