बलिउड कलाकार दिव्याको २६ वर्षको उमेरमा निधन

बलिउड कलाकार दिव्या चौस्केको आइतबार निधन भएको छ । उनले “अपना दिल तो आवारा” मार्फत फिल्म क्षेत्रमा फड्को मारेको थिइन् । दिव्याको कजन भाई अमिस बर्माले फेसबुकमा पोष्ट शेयर गर्दै उनको निधन भएको जानकारी दिएका हुन् ।

उनी लामोसमय देखि बिरामी थिइन् । उनी क्यान्सरसँग लडिरहेको थिइन्, अन्त्यमा उनले क्यान्सरलाई जित्न सकिन्न र संसारबाट नै बिदा भइन् ।दिव्याले लण्डनमा एक्टिङ क्लास सकेर भारत फर्किएकी थिईन् । उनी मोडलिङमा पनि सक्रिय रहेको बताइएको छ ।

उनले इन्टाग्राममा भाबुक पोष्ट गरेको थिइन् । जहाँ उनले मृत्युसँग लड्न नसकेको भाव व्यक्त्त गरेको छिन् ।त्यस्तै आज मात्रै बलिउडका अर्का एक कलाकारको पनि निधन भएको छ ।दिव्याले गरेको अन्तिम पोष्ट
एश्वर्य रायसँगै “सरबजित” मा काम गरेका कलाकार रन्जन सेहगलको निधन भएको छ ।

उनको किड्नीलगायत शरिरका बिभिन्न अंगहरुले काम गर्न छाडेपछि उनको निधन भएको हो ।पछिल्लो समय उनी टेलिभिजन कार्यक्रम क्राईम पेट्रोलमा देखिएका थिए ।चन्डिगढमा रहेको आफ्नै घरमा उनको निधन भएको हो ।

कलाकार राजन सेहगल
उनी थिएटर हुदै टेलिभिजन तथा बलिउडमा प्रवेश गरेका थिए । उनले पंजाब युनिभर्सिटी बाट आफ्नो पढाई पुरा गरेका थिए ।नले सब्की लाड्ली बेबो, भाग्य एण्ड रिश्ता डटकमलगायतका टेलिफिल्ममा काम गरिसकेका छन् ।

उनले रिश्तो से बढी प्रथा, तुम देना साथ मेरा, गुस्तक दिल, भावर, जाने क्या होगा राम र कुलदिपमा मुख्य भुमिकामा देखिएका थिए ।उनले धेरै पंजाबी फिल्महरुमा पनि अभिनय गरिसकेका छन् ।लकडाउनको समयमा बलिउडले धेरै कलाकार गुमाईसकेको छ ।बलिउडमा शोकको लहर नै चलेको छ ऋषी कपुरदेखि लिएर सुशान्तसम्मले ज्यान गुमाईसकेका छन् ।

प्रतिक्रिया दिनुहोस