प्रधानमन्त्री ओलीको नयाँ दाबी– ‘राम नेपाली हुन्, अयोध्या नेपालमा छ !’

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले भारतले ‘नक्कली अयोध्या’ खडा गरेर सांस्कृतिक तथ्यमाथि अतिक्रमण गरेको बताएका छन्। भगवान रामको राज्य अयोध्या नेपालको वीरगञ्ज पश्चिममा पर्ने भए पनि भारतले विवादित अयोध्या खडा गरेको आरोप लगाएका हुन् ।

भानु जयन्तीका अवशरमा प्रधानमन्त्री निवासमा भएको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘हामी अलिकति सांस्कृतिक हिसाबले थिचिएका छौँ। तथ्यहरूमा अतिक्रमण भएको छ। हामी अहिले पनि ठानिरहेका छौँ हामीले ‘सीता’ भारतका राजकुमार रामलाई दियौँ। भारतका होइन अयोध्याकालाई दिएका हौँ हामीले।ु अयोध्या भनेको वीरगञ्जभन्दा अलि पश्चिमपट्टीको गाउँ हो।

अहिले खडा गरिएको अयोध्या होइन। अयोध्या भीषण विवाद छ है त्याँ। हाम्रोमा विवाद नै गर्नुपर्दैन। अयोध्या वीरगञ्जको पश्चिमपट्टी ठोरीमा, वाल्मिकी आश्रम यहि (नेपालमा), र दशरथबाट सन्तान नभएपछि पुत्रीष्टी यज्ञ लगाउने पण्डित जी रिडीका।त्यसकारण सन्तान ९राम० पनि भारतीय होइनन् ठाउँ (अयोध्या) पनि भारतीयको होइन्।’’’

प्रधानमन्त्री ओलीले भारतले भनेको अयोध्या नै सहि भए त्यहाँका राजा जनकपुर विवाह गर्न कसरी आइपुगे भनेर प्रश्न समेत गरेका छन्। उनले भने, ‘‘यहाँ जनकपुर उहाँ अयोध्या हुन्थ्यो भने कहाँ छोरीको विहे गर्न खोज्या छ, त्यसबेलामा न टेलिफोन न मोबाइल कताबाट थाहा होस्। थाहा हुन सम्भव थिएन्। नजिकै पर्थो सजिलैसँग गए होलान् तर त्यो इतिहास बहस गरी साध्य छैन् फेरी एक हमला माथि अर्को।’

प्रधानमन्त्री ओलीले ज्ञान, विज्ञान र अनेक कुराको सुरुवात र विकास नेपालमा भएको भएपनि त्यो शृखलाले निरन्तरता पाउन नसकेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस