सुन्दर यातायातले पुरानै भाडामा उपत्यकामा बस चलाउने, आजैदेखि संचालनमा आउदै

काठमाडौं, ३० आसार । सुन्दर यातायात प्रालिले आजदेखि पुरानै भाडामा बस चलाउने भएको छ । बिजुलीबाट संचालित सुन्दर यातायातका बसहरुर कोरोनाको महामारीबीच संचालनमा आउने भएको हो । उसले काठमाडौं उपत्यकाका विभन्नि स्थानका लागि यातायात सेवा दिने भएको हो ।

सरकारले साझा यातायातहरुलाई अधा यात्रु बोकेर ५० प्रतिशत भाडा बढाएर संचालन गर्न अनुमति दिएका बेला सुन्दर यातायातले भने पुरानै भाडामा यातायात सेवा दिने भएको हो । सुन्दर यातायातले पहिलेदेखि नै यात्रुको ज्वरो परीक्षण गराउँदै आएको थियो।

यात्रुको स्वास्थ्यलाई ध्यानमा राख्दै स्यानिटाइजर, मास्क उपलब्ध गराउने र एक पटक परिक्रमा गरेपछि डिसइन्फेक्सन गरिने प्रालिले जनाएको छ। चालक र सहचालकलाई पञ्जा, स्यानिटाइजर, पीपीई, बुट र मास्कको व्यवस्था गरी बस सेवा सञ्चालन गर्ने पनि योजना छ। सोमबारबाटै केही कम्पनीका बसहरु संचालनमा आएका छन् । साझा यातायातका अन्य बसहरु उल्लेखनिय रूपमा संचालनमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस