अयोध्या कहाँ पर्छ यसको क्षेत्रफल कति हो र कस्तो ठाउँमा अयोध्या रहेको छ भन्ने बारे रामायणमा व्याख्या गरिएको छ ।

काठमाडौं । द्वापर युगमा रघुकुलवंशी राजा दशरथ पुत्र रामको जन्म अयोध्यामा भएको थियो । हिन्दू धर्म दर्शन र रामायणका अनुसार भगवान विष्णुका १० अवतारमध्ये राम एक अवतार हो ।

रामको जन्म अयोध्यामा भएको र उक्त स्थान अहिले भारतमा रहेको हिन्दूधर्म मान्नेहरुले मान्दै आएका छन् ।

भगवान रामले वर्तमानमा नेपालमा पर्ने जनकपुरका राजा जनककी पुत्री सीतासँग विवाह गरेका थिए । त्यसकारण आधुनिक भारतको उत्तर प्रदेश राज्यमा पर्ने अयोध्याबाट वर्षेनी राम जानकी महोत्सबका बेलामा नेपालमा जन्ती आउने प्रचलन रहेको छ । जसलाई नेपालले र जनकपुरका स्थानीयले विषेश रुपमा स्वागत गर्ने गरेका छन् ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार द्वापर युगमा भगवान रामको जन्म अहिलेको भारतमा नभइ वीरगञ्ज नजिकको अयोध्या भन्ने स्थानमा भएको बताए । ओली भारतले अहिले नक्कली अयोध्या बनाएर सांस्कृतिक रुपमा नेपालमाथि अतिक्रमण गरेको आरोप लगाए ।

उत्तर प्रदेशमा अहिले रहेको भनिएको अयोध्याबाट त्यससमयमा जनकपुरमा विवाह गर्न सम्भव नभएको तर्क ओलीको छ । मोबाइल, इन्टरनेट लगायतकेही पनि नभएको समयमा त्यति टाँढा कसरी राम र सिताबीच विवाह सम्भव छ भन्दै उनले प्रश्न गरे ।

ओलीको यस्तो अभिव्यक्ति सार्वजनिक भएसँगै नेपाल र भारतमा उनको चर्को आलोचना भइरहेको छ । केहीले भने भारतले तथ्यलाई तोडमोड गरेर वीरगञ्ज नजिकको अयोध्यालाई उत्तर प्रदेशमा लगेको हुनसक्ने भन्दै आशंका व्यक्त गरेका छन् ।

यस्तो आशंका व्यक्त गर्नलाई भारतले यसअघि गरेका हर्कतहरुले भने सहयोग गरेको छ ।

नेपालको लुम्बिनीमा जन्मिएका गौतम बुद्धलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा जन्मिएको बताएका थिए । भने भारतले नक्कली लुम्बिनी नै बनाएर गौतम बुद्धको जन्मस्थल भन्दै विश्वव्यापी रुपमा प्रचार गरिरहेको छ ।

त्यसैले अयोध्या प्रकरणमा पनि यस्तै भएको हुनसक्ने कतिपयले आकलन गरेका छन् ।

तर शताव्दिऔं देखि मानिदै आएको धार्मिक तथा सांस्कृतिक विषयमा प्रधानमन्त्री जस्तो व्यक्तिले हचुवाको भरतमा हल्का टिप्पणी गर्नुलाई भने धेरैले राम्रो मानेका छैनन् ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस