रुसी गुप्तचरले कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरिरहेको संस्थालाई तारो बनाए’

एजेन्सी, १ साउन । रुसी गुप्तचरहरुले कोरोना भाइरसविरुद्धको खोप विकास गरिरहेका संस्थाहरुलाई तारो बनाएको खबर छ । सुरक्षा सम्बन्धी केन्द्रहरुले ती संस्थाहरुलाई सचेत हुन भनेका छन् ।

बीबीसीका अनुसार बेलायत, अमेरिका र क्यानडाका कोरोना खोप विकास गरिरहेका संस्थाहरु रुसी गुप्तचरको तारोमा परेका हुन् । रुसको गुप्तचर सेवाकाहरुले ह्याक गर्न खोजेको उल्लेख छ । तर, भ्याक्सिनको अध्ययनमा कुनै नोक्शान नपुगेको भनिएको छ । सुचनाहरु चोरी भए नभएको भने खुलाइएको छैन ।

तर, रुसले आफ्नो संलग्नता अस्वीकार गरिसकेको छ । समाचार संस्था तासलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका सल्लाहकार डिमिट्री पेस्कोभले रुसको यसमा केही गर्नु नभएको बताएका छन् ।

रुसले कोरोनाविरुद्धको भ्याक्सिन विकास गरेको र अबको दुई महिनाभित्र उत्पादन शुरु गर्ने जनाइरहँदा यस्तो खबर आएको हो ।

प्रतिक्रिया दिनुहोस