काठमाडौं, असार ३१ । लोकप्रिउ निर्देशक तथा अभिनेता तुलसी घिमिरेको आज जन्मदिन परेको छ । १९५१ जुलाई १५ मा भारतमा जन्मेका घिमिरे आजबाट ६९ औं बर्षमा प्रबेश गरेका छन् ।
उनलाई पजन्मदिनको अवसरमा बिहानैदेखि शुभकामनाको ओइरो नै आइरहेको छ ।
६९ औं बर्षमा प्रबेस गरेका उनलाई पहिलो शुभकामना उनकी धर्मपत्निले दिएकी हुन् । सुपरहिट फिल्म दर्पण छाँयाको निर्देशन गरेपछि थप चर्चामा आएका तुलसी एक कुशल कलाकार पनि हुन् ।
उनले दर्पण छाँयाका अलावा देउता, कुशुमे रुमाल, लाहुरे, चिनो लगायतका धेरै चलचित्रको निर्देशन गरेका छन् ।