राम जन्म प्रकरण: नेपालमा प्रमाण जुटाउन उत्खनन्, भारतमा राम मन्दिर निर्माणकाे सिलन्यास तयारी

काठमाडौं, ०४ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान रामको जन्म नेपालमा भएको बताएपछि सर्वत्र बिरोध भइरहेको छ । भानु जयन्तिको दिन बालुवाटारमा आयोजित कार्यक्रममा रामको जन्म नेपाल मै पर्ने अयोध्यामा भएको तर भारतले नक्कली अयोध्या खडा गरेर नेपालमाथि सांस्कृतिक हस्तक्षेप गरेको बताउनुभएको थियो ।

नेपाल भारत सीमा विवादमा पनि भारतलाई कडा प्रहार गरिरहेका बेला प्रधानमन्त्रीको यस्तो भनाई आएपछि नेपालसहित भारतमा प्रधानमन्त्री ओलीको सर्वत्र बिरोध भइरहेको छ ।

उता भारतको अयोध्यामा भने विरोध र प्रदर्शनका काबजुद भारत सरकारको अगुवाइमा राम मन्दिर निर्माण कार्य सुरु हुँदैछ । टाइम्स अफ इन्डियाका अनुसार भारतले दावी गरेको रामको जन्मभूमि अयोध्यामा आगामी ५ अगष्ट सम्ममा राम मन्दिरको सिलान्यास हुँदैछ । जसको सिलान्यास भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नेछन् । जुन मन्दिर ४२ महिना भित्रमा सम्पन्न गर्ने सम्झौता भएको छ ।

मन्दिर निर्माका लागि राम जन्मभुमी तीर्थ क्षेत्र ट्रष्टले पाएको छ । सो ट्रष्टले प्रधानमन्त्री मोदीलाई सिलन्यासका लागि अगष्ट ५ को निम्तो दिएको छ । मन्दिर एक सय ८ एकर जमिनमा बनाइने निर्णय भएको छ ।

यता नेपालमा पनि रामको जन्म नेपालमा भएको हुनसक्ने भन्दै पर्साकाे अयोध्या क्षेत्र र ठोरीमा प्रमाणको खोजी भइरहेको छ । पुरातत्व विभागले पर्साको अयोध्यामा ठोस प्रमाण भेटिन सक्ने भन्दै उत्खनन् समेत सुरु गरेको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस