भारतमा कपाल मुण्डन गरिएको व्यक्ति नेपाली नभएको खुलासा, पैसा लिएर अभिनय गरेको पुष्टि

काठमाडौं, ३ साउन । भारतमा कपाल मुण्डन गरेर दुव्र्यवहार गरेको भनिएको व्यक्ति नेपाली नभएको खुलेको छ ।भारतको बनारसमा कपाल मुण्डन गरिएका व्यक्तिले पैसा लिएर त्यस्तो अभिनय गरेको खुलेको छ । भारतको वाराणसी प्रहरीले ती व्यक्तिले १ हजार रुपैयाँ लिएर यो अभिनय गरेको पत्ता लगाएको छ ।

एक नेपालीलाई बलपूर्वक केस मुण्डन गरेर श्रीराम लेखेको र नारा लगाइएको भन्दै सामाजिक सञ्जालमा भिडियो पोष्ट गरिएको थियो । उक्त अभियोगमा चार जनालाई बाराणसी प्रहरीले नियन्त्रणमा लिएको थियो । उनीहरुलाई सम्बन्धित धारा अनुसार कारवाही गर्ने निर्णय पनि भएको समाचार बीबीसीमा उल्लेख छ ।

अयोध्याबारे प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको अभिव्यक्तिको विरोधमा भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेपछि क्षणभरमै उक्त भिडियो भाइरल भएको थियो ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस