भगवान रामको वास्तविकता खोल्दै अयोध्याका जनता ( भिडियो सहित )

सरोकारवाला भन्छन् ‘अयोध्याबारे अध्ययन गर्नुपर्छ’ भगवान रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि हुनसक्ने भन्दै अध्ययन र अनुसन्धान गर्नुपर्ने आवाज उठेको हो ।

चार दशकदेखि धार्मिक एवं सांस्कृतिक विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आउनुभएका लेखक डिआर पोखरेल भारतको अयोध्यामा राम जन्मेको भनेर जे भनिँदैछ, त्यो सबै नक्कली कुरा मात्र भएको बताउनुहुन्छ । यसबारेमा भारतीय विद्वानहरु नै सबै अन्योलमै रहेको भन्दै उहाँले भारतको सर्वाेच्च अदालतले समेत राम जन्मेको भन्ने कुनै प्रमाण दिन नसकेको बताए । उनले भने, “अदालतले पनि भारतको अयोध्यामा राम जन्मेको भन्ने विषयलाई अहिलेसम्म स्वीकार्न सकेको छैन ।” कालीदासको पुस्तक ‘मेघदूत’ मा पनि त्यो भारतको अयोध्या क्षेत्रलाई ‘साकेत’ भनेर उल्लेख गरिएको पोखरेलले बताए ।

राम कता जन्मिए भन्ने विषयलाई बुद्ध दर्शन र हिन्दू दर्शनको इतिहासलाई निकै गहिरोसँग अध्ययन गर्नुपर्ने बताउँदै उनले भने, “बौद्धधर्म दर्शनका पुस्तक अध्ययन गर्दा अहिले भारतको अयोध्या भनिएको ठाउँलाई बुद्ध दर्शनशास्त्रहरुमा ‘साकेत’ भनेर उल्लेख गरिएको पाइन्छ ।”

लवकुश वाल्मीकि आश्रममा जन्मिने, सीता पनि जनकपुरमा जन्मिएकाले पक्कै राम पनि यतै जन्मिए भनेर अनुमान भने गर्न सकिने उनको भनाइ छ । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल नगरपालिकाको वडा नं ९ गणेशकुञ्ज क्षेत्रमा विगतका पैसा, माटोका भाँडा, इँटाजस्ता सामग्री भेटिएको बताउनुहुन्छ । सरकारी वन क्षेत्रमा ती सामग्री भेटिएको भन्दै उनले यस क्षेत्रको गहिरो अध्ययन जरुरी रहेको बताए । इतिहासविद्हरु, पुरातत्व विभागलगायतसँग समन्वय गरेर रामको जन्मका विषयमा थप अध्ययन गर्ने तयारीमा नगरपालिका लागेको उनले जानकारी दिए । बाँकी भिडियोमा हेर्नुहोस

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस