काठमाडौंका खोलामा बाढी, कुन कुन ठाउँ जोखिममा..

आइतबारदेखि परेको अविरल वर्षाका कारण काठमाडौं उपत्यकाका नदीहरुमा बाढी आएको छ ।अहिले पनि भइरहेको मध्यम वर्षासँगै काठमाडौँमा बग्ने खोलाहरुको जलस्तर बढ्दो क्रममा रहेको छ । अहिले विष्णुमती, मनोहारा, हुनमन्ते, नख्खुलगायतका खोलामा पानीको बहाव सतर्कता नजिक छ । बाढी उर्लिएसँगै नदी र नालाको पानी सडकसम्म आउन सक्ने माैसम विभागले जनाएको छ ।

नदी आसपासको क्षेत्रमा बसोबास गर्दै आएकाहरुलाई विशेष सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अपिल गरेको छ । अर्को ३ घण्टासम्म नदी आसपासमा खतरा रहेका सुरक्षित हुन महाशाखाले भनेको छ । कागेश्वरी–मनोहरा नगरपालिका–७ र ९ मनोहरा खोला करिडोर बस्ती, धोबीखोला करिडोर, मैतीदेवी र थापाथली, टुकुचा खोलाको आसपास क्षेत्रमा जोखिम बढेको छ ।

माैसम विभागका अनुसार प्रदेश नम्बर १, २ ५, बागमति प्रदेश, गण्डकी प्रदेश, कर्णली प्रदेश र सदुरपश्चिम प्रदेशका धेरै स्थानमा भारी वर्षा भइरहेको छ । वर्षासँगै यी क्षेत्रका नदी र खोलामा बाढीको जोखिम उच्च बनेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार आज नारायणी नदीमा उल्लेख्य बहाब बढ्ने र सतर्कता तह पार गरी खतरा आसपास पुग्न सक्नेछ । यस्तै कोशी, कमला, कन्काई, कमला, बागमती, पश्चिम राप्ती, बबई, तिनाउ लगायतमा पनि बहाब उल्लेख्य बढ्नेछ । यी नदिमा अकास्मिक रुपमा बाढी आउने जोखिम उच्च रहको महाशाखाले जनाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस