चीनमा रहेको केरुङ च्छो ताल फुट्ने चेतावनी ,कोशी ब्यारेजमा पानी उच्च, भारतमा डुवानकाे उच्च डर

पहाडी क्षेत्रमा भएको अविरल वर्षासँगै सप्तकोशीमा पानीको बहाव भएको छ ।

मंगलबार बिहान गरिएको मापनअनुसार सप्तकोशीको ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ४२ हजार ९७० क्युसेक पुगेको छ ।

ब्यारेजका ५६ मध्ये ४७ वटा ढोका खोलिएको ब्यारेज कन्ट्रोल रुमले जानकारी दिएको छ ।

पानीको बहाव बढेसँगै सप्तरी र सुनसरी सीमामा बस्नेहरुलाई स्थानीय प्रशासनले सतर्क रहन भनेको छ ।

जलस्तर बढेपछि बाँध भत्काउने र पानी ओभरफ्लो भएर बस्तीमा पस्ने खतरा हुन्छ ।

चतरामा पानीको सतह घटेकोले मंगलबार दिउँसोदेखि भने ब्यारेजमा पनि पानीको सतह घट्ने अनुमान गरिएको छ ।

Ads by AdMana.net
चीनमा रहेको केरुङ च्छो ताल फुट्ने चेतावनी सँगै सुनसरी र सप्तरीमा कोशी किनारमा समेत त्रास छाएको छ ।

फुटेपछि भोटेकोसीमा मिसिने तालको पानी सप्तकोशी नदीमा मिसिने भएकोले यस क्षेत्रका स्थानीयमा नदी एक्कासी बढ्ने त्रास छाएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस