सुनको भाउ बढ्यो कति भयो थाहा पाउनु होस

काठमाडौँ, ६ साउन । आज मंगलबार सुन चाँदीको भाउ बढेको छ । सोमबार ९२ हजार ३०० रुपैयाँमा कारोबार भएको छापावाला सुनको भाउ आज तोलामा ४०० रुपैयाँले बढेर ९२ हजार ७०० रुपैयाँ पुगेको छ । तेजावी सुन पनि आज तोलामा ४०० रुपैयाँले नै बढेर ९२ हजार २६० रुपैयाँ पुगेको छ ।

चाँदी पनि आज मंगलबार तोलामा ४० रुपैयाँले बढेको छ । चाँदी आज प्रति तोला एक हजार ४० रुपैयाँमा कारोबार भैरहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज प्रति १० ग्राम छापावाला सुनको भाउ ७९ हजार ४७५ रुपैयाँ, प्रति १० ग्राम तेजावी सुनको मूल्य ७९ हजार १०० रुपैयाँ र प्रति १० ग्राम चाँदीको मूल्य ८९१ रुपैयाँ ५० पैशा कायम गरेको छ ।

प्रतिक्रिया दिनुहोस