औषतभन्दा बढी वर्षा भएकाले बाढी पहिरोका घटना बढीः विभाग

काठमाडौं । मौसम विज्ञान विभागले यसवर्ष औषतभन्दा बढी वर्षा भएकाले बाढी पहिरोका घटनाहरु बढेको जनाएको छ । विभागले मंगलबार पत्रकार सम्मेलन गरी मनसुनमा १ सय ३० प्रतिशत भन्दा बढी वर्षा भएकाले बाढी पहिरोका घटना बढेका जनाएको हो । विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा पहिरो गएको बताए ।

उनले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने जानकारी दिए । विभागका अनुसार विगत तीन दिनयता प्रदेश नम्बर २, ५ र गण्डकी प्रदेशमा १ सय ५० देखि २ सय मिमिलिटर पानी परेको छ ।

मनसुन सुरु भएयता प्रदेश नम्बर १ , २, र ५ मा औषतभन्दा २ सय प्रतिशत बढी पानी परेको छ । विभागले कोसी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा खतराको तह पार गरेको बताएको छ ।

यस अनलाइनमा प्रकाशित भएको समाचारमा कुनै सल्लाह वा सुझाव दिनुपरेमा [email protected] मा इमेल पठाउनुहोला । हामी फोन भन्दा पनि इमेलमा कुराकानी गर्न रुचाउँछौं ।

प्रतिक्रिया दिनुहोस