जनतासँग माफ माग्दै उदयपुरको बेलका नगरपालिकाकी उपमेयरद्वारा राजीनामा दिने घोषणा

उदयपुर, ०८ साउन । उदयपुरको बेलका नगरपालिकाकी उपमेयर राजकुमारी चौधरीले राजीनामा दिने घोषणा गरेकी छन् । बुधबार साँझ सामाजिक संजाल फेसबुक मार्फत उपमेयर चौधरीले राजीनामा दिने घोषणा गरेकी छन्।

उनले सामाजिक संजाल फेसबुकमा लेखेकी छन् – ‘उपमेयर पद पार्टीलाई हस्तान्तरण गर्न चाहन्छु जनता सङ्ग माफि माग्न चाहन्छु । कालो कर्तुतहरुको विषयमा कार्यन्यन हँदैन। धिक्कार छ दुई तिहाई सरकार।’

नगरमा भएको कर्मचारीको बिषयमा विवाद हुँदा यस्तो निर्णय लिने सोचमा पुगेको हुन सक्ने स्थानीयहरु बताउछ्न्। तत्कालीन एमाले बाट २०७४ को स्थानीय चुनाबमा निर्वाचित भएकी चौधरीले आज किन सामाजिक सञ्जालमा यस्तो लेखिन भनेर जिल्ला भरी उनको फेसबुक स्टाटसको चर्चाको विषय बनेको छ।

प्रतिक्रिया दिनुहोस