काठमाडौं ।
पूर्व मिस इण्डिया समेत रहेकी अभिनेत्री महिमा चौधरी स्तन क्यान्सरसँग लड्दै छिन् । फिल्म ‘परदेस’ बाट बलिउडमा आफ्नो पहिचान सफल रहेकी थिईन । हालै उनको एउटा भिडियो बलिउड अभिनेता अनुपम खेरले आफ्नो इन्स्टाग्राम अकाउन्टमा सेयर गरेका छन् ।
यस भिडियोमा महिमा चौधरीले अनुपम खेरले उनलाई एउटा प्रोजेक्टका लागि कसरी अप्रोच गरेका थिए, त्यसपछि उनले आफ्नो रोगबारे खुलाएकी थिइन् भन्ने कुरा खुल्न आउँछ । साढे सात मिनेटको यो भिडियोमा महिमा संग कुरा गर्दा निकै भावुक देखिन्छिन् । अनुपम खेरले आफ्नो सामाजिक सञ्जालमा पोस्ट गर्दै उनलाई क्यान्सरसँग लड्ने ‘नायक’ बताएका छन् ।
‘लज्जा’ मा उनी दाइजो प्रथाविरुद्ध आवाज उठाउँदै विवाह मण्डपमा आफ्नो विवाह तोड्ने बलियो पात्रको रुपमा देखिएकी छन् । उनको यो भूमिकाको निकै प्रशंसा भयो । यसपछि उनी ‘ये तेरा घर, ये मेरा घर’, ‘ओम जय जगदीश’, ‘दिल है तुम्हारा’, ‘धडकन’, ‘कुरुक्षेत्र’, ‘बागबान’ जस्ता फिल्ममा देखिइन् । महिमा पछिल्लो पटक सन् २०१६ मा बंगाली क्राइम थ्रिलर ‘डार्क चकलेट’ मा देखिएकी थिइन् ।
महिमाले सन् २००६ मा आर्किटेक्ट व्यवसायी बबी मुखर्जीसँग विवाह गरेकी थिइन् । उनको विवाहबाट एरियाना नामको छोरी छिन् । सन् २०१३ मा महिमा बबी मुखर्जीसँग अलग भइन् । २०११ सम्म उनीहरुको वैवाहिक सम्बन्ध सामान्य थियो तर पछि मिडियामा उनीहरु दुवै चलिरहेको मतभेदका कारण अलग्गै बस्दै आएको खबर आएको थियो ।
महिमाले एक अन्तर्वार्तामा बबीसँग धेरै कुरामा झगडा हुने गरेको बताएकी थिइन् । त्यो विवाहमा उनी खुशी थिएनन् । महिमाले पनि दुःखका दिनमा श्रीमानले साथ नदिएको बताइन् । महिमा अहिले छोरी आरियानासँग जीवन बिताइरहेकी छन् । सम्बन्धविच्छेदपछि महिमाले पनि बलिउडमा कमब्याक गर्ने प्रयास गरिन् तर त्यसमा उनी सफल हुन सकिनन् ।
एक दुर्घटना जसले अभिनेत्री महिमा चौधरीको करियर बर्बाद पारिदियो । महिमाले एक अन्तर्वार्तामा आफूलाई कार दुर्घटनाले शारीरिक र मानसिक रूपमा अपांग बनेको बताएकी थिइन् । एक दिन उनी सुटिङका लागि जाँदै गर्दा एउटा ट्रकले उनको कारलाई ठ क्कर दियो । ठ क्कर यति डरलाग्दो थियो कि कारको सिसा उनको अनुहारमा फुट्यो । त्यतिबेला महिमाको अवस्था यस्तो थियो कि उनी बाँच्न नसक्ने अवस्थामा पुगेकी थिइन् ।
अनुहारबाट ६७ वटा सिसाका टुक्राहरू हटाइयो । महिमाले एक अन्तर्वार्तामा आफ्नो दुर्घटनाको कुरा गर्दै भनिन्, दुर्घटना त भयानक भयो तर त्यसपछि मलाई कसैले अस्पताल लगेन । आफू कुनै न कुनै रूपमा अस्पताल पुग्न सफल भए । अस्पताल पुगेपछि उनकी आमा र अजय देवगन उनलाई भेट्न आएका थिए । दुर्घटनापछि पहिलो पटक ऐनामा अनुहार देख्दा उनको होश उडायो । उनको पुरै अनुहारमा टाँका मात्रै देखिन्थे । डाक्टरले उनको शल्यक्रिया गरी अनुहारबाट ६७ वटा सिसा निकाले ।