काठमाडौं, बैशाख २७ – ड्याफोडिल बोर्डिङ स्कुल, कक्षा ५ मा अध्ययनरत देवांशी राज्य लक्ष्मी शाहले १४औं लिटिल प्रिन्स एण्ड प्रिन्सेस इन्टरनेशनल प्रतियोगितामा उत्कृष्ट नृत्य, उत्कृष्ट पोशाक र चौथो रनरअपको उपाधि जितेकी छन्।
रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गर्दै आएको यस प्रतियोगितामा देशभरिबाट आएका प्रतिभाशाली बालबालिकाहरूले भाग लिएका थिए। आत्मविश्वास, प्रस्तुति र प्रतिभाका आधारमा देवांशीले निर्णायकहरूको मन जित्दै तीन उपाधि हात पारिन्।
सांस्कृतिक प्रतिभा र व्यक्तित्व विकासमा योगदान पुर्याउने उद्देश्यले हरेक वर्ष आयोजना हुँदै आएको यो प्रतिस्पर्धा बालबालिकाहरूको लागि प्रेरणादायी मंचको रुपमा स्थापित हुँदै गएको छ।