आफ्नै छोराको हत्या गरी फरार रहेका नुर आलम अंसारी चन्द्रागिरि १५ बाट पक्राउ

काठमाडौं, आफ्नै १४ दिने छोराको हत्या गरी फरार रहेका अभियुक्त बारा देवताल गाउँपालिका-४ तिप्राडी टोल बस्ने २५ वर्षीय नुर आलम अंसारीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

आफ्नै १४ दिनको छोराको यही जेठ १४ गते हत्या गरी फरार रहेका अंसारीलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा काठमाडौं चन्द्रागिरि नगरपालिका-१५ ढुंगेअड्डा पिपलबोटबाट पक्राउ गरेको हो ।

उनलाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी कार्यालय बारा पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस