बा टेक सिंह — पाकिस्तानको सरगोधामा भएको हिंसा, आगजनी र लुटपाटका घटनाको निन्दा गर्दै राष्ट्रिय अल्पसंख्यक गठबन्धन (एनएमए) ले फैसलाबादको जिल्ला परिषद् चोकमा विरोध प्रदर्शन गरेको छ ।
एनएमएका केन्द्रीय अध्यक्ष लाला ड्यानियल रोबिनलगायतले अल्पसंख्यकको संरक्षणका लागि राज्यका निकाय र सरकारले गम्भीर कदम चाल्न माग गरे ।
उनीहरूले अल्पसंख्यकमाथि हुने हिंसात्मक कार्यको छानबिन गर्न अधिकार प्राप्त आयोग गठन गर्न आग्रह गरेका छन् ।
उनीहरुले अल्पसंख्यक बालिकाको जबरजस्ती विवाह र जबर्जस्ती धर्मपरिवर्तन रोक्न जतिसक्दो चाँडो कानून बनाउनुपर्ने र १० वर्षीया क्रिश्चियन बालिका लाइबा सोहेललाई आमाबुवाको जिम्मा लगाउन पनि माग गरेका छन् ।