लाहोर— कमिटी टु प्रोटेक्ट जर्नालिस्ट्स (सीपीजे) ले अधिकारीहरूलाई देशभरि बढ्दै गएका पत्रकारहरूमाथि भएका हिंसक आक्रमणहरूको अनुसन्धान गर्न आग्रह गरेको छ।
सिन्ध न्युज टिभी र टाइम्स न्युजका रिपोर्टर हैदर मस्तोईलाई मे २९ मा मोटरसाइकलमा आएका अज्ञात बन्दुकधारीहरूले सुक्कर जिल्लाको रोहरीमा आक्रमण गरेका थिए।
उनलाई चार पटक गोली हानिएको थियो । त्यस्तै, उनका क्यामेराम्यानलाई पनि आक्रमण गरिएको थियो। दुवै जना अहिले अस्पतालमा उपचार भइरहेका छन् ।
त्यसको एक दिनपछि दैनिक एक्सप्रेसका संवाददाता चौधरी इखलाकलाई पनि त्यस्तै निशाना बनाइएको थियो ।
आफ्नो गम्भीर रिपोर्टिङका कारण ज्यान मार्ने धम्की पाएका इखलाकलाई मोटरसाइकलमा आएका आक्रमणकारीहरूले गोली हानेका थिए र उनी पनि अस्पतालमा उपचाररत रहेका छन्।
यी घटनाहरू पाकिस्तानमा पत्रकारहरूमाथि हुने आक्रमण एक उदाहरण हो। यसअघि मे महिनामा पञ्जाब, सिन्ध, बलुचिस्तान र खैबर पख्तुनख्वा प्रान्तमा छुट्टाछुट्टै आक्रमणमा चार पत्रकार मारिएका थिए। अवामी आवाजका रिपोर्टर नसरुल्लाह गडानीलाई मे २१ मा सिन्ध प्रान्तमा गोली हानी हत्या गरिएको थियो।
स्थानीय सामन्त र राजनीतिक व्यक्तित्वहरू विरुद्धको उनको साहसी अनुसन्धानले उनलाई निशाना बनाएको अनुमान गरिएको आशंका गरिएको छ । पत्रकार कामरान दावरको हत्यालाई युनेस्कोका महानिर्देशक अड्रे अजौलेको निन्दा गरेका छन्।
पत्रकार अशफाक अहमद सियाल र मुहम्मद सिद्दिकी मेङ्गलले पनि यस्तै नियति भोगे । यद्यपी उनीहरुको हत्याको कारण भने खुल्न सकेको छैन ।
सीपीजे अनुसार सन् १९९२ देखि पाकिस्तानमा आफ्नो कामको सिलसिलामा ६४ जना पत्रकार मारिएका छन्। यस कारणले गर्दा, देश लगातार सीपीजेको ग्लोबल दण्डहीनता सूचकांकमा अग्रस्थानमा रहेको छ।