पाकिस्तानमा महिला तथा बालिकामाथि हिंसामा वृद्धि

 

लाहौर— पञ्जाब प्रहरी लोदरनले १२ वर्षिय घरेलु कामदार आयशा बिबीलाई यातना दिएको आरोपमा एक जनालाई पकाउ गरेको छ । पञ्जाब प्रहरीका महानिरिक्षक डा युसमान अनबारले घटना थाहा हुने बित्तिकै आरोपितलाई पक्राउ गरी कानुनी कारबाही गरेको बताएका छन् ।

पञ्जाबको महानिरिक्षक अनवारले महिला तथा बालिका माथि हुने हिंसामा प्रहरी शुन्य सहनशीलता अपनाएको बताएका छन् । उनले दोषीलाई तत्काल कारबाही गर्नुको साथै पीडित बालबालिका तथा उनका परिवारलाई कानुनी न्याय प्रदान गर्न कुनै कसुर बाँकी नराखेको बताएका छन् ।

महानिरिक्षकको निर्देशन पछि ती पीडित बालबालिकालाई उपचारको लागि अस्पतालमा लगिएको छ ।

ती बालिकामाथि हिसां भएको बालिकाको आमाको उजुरी पछि मुद्धा दर्ता गरिएको पञ्जाब प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस