पाकिस्तानको मस्तुङमा एक पत्रकारको गोली हानी हत्या

बलुचिस्तानः पाकिस्तानको बलुचिस्तानको मस्तुङ क्षेत्रमा एक समाचार एजेन्सीका लागि काम गर्ने स्थानीय पत्रकारको हत्या गरिएको डनले उल्ल्ेख गरेको छ।

निसार अहमद लेहरी आफ्नो घर तर्फ गइरहेका बेला हतियारधारीले उनीमाथि गोली चलाउँदा उनको घटनास्थलमै मृत्यु भएको थियो ।

पाकिस्तान फेडरल युनियन अफ जर्नलिस्ट र बलुचिस्तान युनियन अफ जर्नलिस्टले निसार अहमद लेहरीको हत्याको कडा निन्दा गरेको डनको जनाएको छ। पीएफयुजे र बियुजेले पत्रकारका हत्यारालाई पक्राउ गर्न सरकारसँग माग गरेका छन् ।

मस्तुङस्थित सरावन प्रेस क्लबका प्रेस सेक्रेटरी समेत रहेका निसार लेहरीको हत्याले प्रदेशका सञ्चारकर्मीमा डर बढाएको उनीहरुले बताएका छन् ।

अगस्टको सुरुमा पाकिस्तानको सिन्ध प्रान्तको घोटकी जिल्लामा एक स्थानीय पत्रकारको हत्या भएको थियो ।

प्रतिक्रिया दिनुहोस