आर्थिक संकटकाबीच पाकिस्तानमा निर्माणाधिन दियामेर—भाशा बाँधको लागत ३०० प्रतिशतले वृद्धि

दियामेरः खैबर पख्तुनख्वा र पाकिस्तानको नियन्त्रणमा रहेको गिलगिटùबाल्टिस्तान (पीओजीबी)को दियामेर जिल्लामा निर्माणाधिन दियामेर—भाशा बाँध शुरुवातदेखि नै विवादमा फसेको छ । अघिल्लो सरकारको कमजोर व्यवस्थापनका कारण बाँधको लागत ३०० प्रतिशत भन्दा बढिले बढेको संघीय योजना मन्त्री अहसान इकबालले बताएका छन् ।

इकबालले सिन्धु नदीमा निर्माण गरिएको र कोहिस्तान जिल्लाको सिमानामा अवस्थित यस महत्त्वपूर्ण परियोजनाको लागि वित्तिय योजना अपूर्ण रहेको कुरा पनि औंल्याएको पाकिस्तानको स्थानीय पत्रिकाडनले उल्लेख गरेको छ।

इकबालले कोषको अभाव र ढिलाइले आयोजनाको लागत ४७९ अर्ब रुपैयाँबाट १४०० अर्ब रुपैयाँ पुगेको दाबी गरेका छन् ।

डन अनुसार बाँध उच्च भूकम्पीय क्षेत्रमा अवस्थित छ जसले पीओजीबीका बासिन्दाहरूले ठूलो चिन्ता व्यक्त गरेका छन्। यस क्षेत्रका स्थानीय बासिन्दाले यसको निर्माणको मार भोग्दै आएका छन्, जबकि आयोजना सम्पन्न भएपछि लाभहरू पाकिस्तानको पञ्जाब र सिन्ध प्रान्तलाई ठूलो मात्रामा फाइदा हुने अपेक्षा गरिएको छ।

थप रूपमा, बाँधको निर्माणले नागरिकहरूलाई नकारात्मक प्रभाव पारेको छ ।पाकिस्तान सरकारले यसलाई बेवास्ता गर्दै आएको छ । बाँध आयोजना अघि जग्गा अधिग्रहण गर्दा यहाँका स्थानीय बासिन्दाहरूलाई क्षतिपूर्ति दिन सकेको थिए । । सुरुमा स्थानीयलाई रोजगारी दिने वाचा पनि गरिएको पनि अहिलेसम्म पूरा भएको छैन ।
यस बाँधको निर्माण डिसेम्बर २०२० बाट सुरु गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस