नयाँ दिल्लीः बाल श्रम पाकिस्तानमा एक प्रमुख सामाजिक समस्या बनेको छ । यहाँ चार घरपरिवारमा एक बालबालिका बालश्रम गर्न बाध्य भएका छन् ।
पाकिस्तानले बालश्रमलाई निषेध गर्ने अन्तर्राष्ट्रिय महासन्धिलाई अनुमोदन गरेको छ। तर, भ्रष्टाचार, कर्मचारीतन्त्रको उदासीनता, शिक्षा र चेतनाको अभाव र मध्ययुगीन सामाजिक—धार्मिक मूल्यमान्यताका कारण कार्यान्वयन हुन सकेको छैन् ।
पाकिस्तानमा करिब ३३ लाख बालबालिका घरेलु कामदारको रूपमा काम गर्न बाध्य छन् । उनीहरु घरेलु कपडा उद्योग, इँटा भट्टाहरू र खतरनाक खानीहरूमा पनि काम गरिरहेका छन् ।
उनीहरू शिक्षाबाट वञ्चित छन् र यौन शोषण र बेचबिखनलगायत विभिन्न प्रकारका हिंसाको शिकार भएका युनिसेफले जनाएको छ। स्थानीय गैरनाफामूलक संस्था सोसाइटी फर द प्रोटेक्शन अफ द राइट्स अफ द चाइल्डका अनुसार पाकिस्तानमा बाल श्रमको संख्या १ करोड २० लाख भन्दा बढी छ ।
गरिबी, आय असमानता, र कठोर सामाजिक र धार्मिक मान्यताहरूले बाल श्रमको वृद्धिलाई गति दिएको छ, जसले लाखौं बालबालिकालाई शिक्षा र व्यक्तिगत विकास जस्ता आधारभूत अधिकारहरूबाट बञ्चित रहेका छन्।
पाकिस्तान सोशल साइन्स रिभ्युमा प्रकाशित एउटा शोधपत्र अनुसार बालश्रमको पहिलो असर भनेको बालबालिकालाई शिक्षा प्राप्त गर्नबाट वञ्चित गर्नु हो भने दोस्रो अस। बढ्दो आय असमानता हो।
बाल श्रमले अन्तर्राष्ट्रिय महासन्धिको उल्लङ्घन मात्र गर्दैन, तर पाकिस्तानको संविधानले प्रदान गरेको संरक्षण र स्वतन्त्रतालाई पनि अस्वीकार गर्छ। र इस्लामावाद सरकारको उदासीनताले बालश्रमको समस्यालाई झन बढाएको छ।
पाकिस्तानमा बाल श्रम सामान्य भएता पनि, खैबर पख्तुनख्वा प्रान्तमा अवस्था गम्भीर छ । यहाँ ११ प्रतिशतभन्दा बढी बालबालिका पैसाको लागि काम गर्न बाध्य छन्। जनताको विरोध र कारबाहीका लागि आह्वान गरे पनि अवस्था नाजुक छ।
युनिसेफले ३० वर्षअघि बालअधिकारसम्बन्धी महासन्धि (सीआरसी) अनुमोदन गरे पनि समस्याप्रति इस्लामाबाद सरकारको लापरवाही र असंवेदनशील प्रतिक्रियाप्रति चिन्ता व्यक्त गरेको छ।
संवैधानिक विज्ञ रफिया जकारियाले पाकिस्तानका धनी मानिसहरूले देशमा बालबालिकाको शोषणलाई बेवास्ता मात्र गरेनन्, बरु प्रोत्साहन दिएको बताइन्।
जकारियाले पाकिस्तानमा बाल मजदुरहरूलाई भीख माग्न र धनी घरपरिवारमा बच्चाहरूको रूपमा काम गर्न बाध्य पारिएको छ, जहाँ उनीहरूलाई अमानवीय यातना दिइने गरेको बताइन् ।
घरेलु कामदारको रूपमा घरमा काम गर्ने मा एक १० वर्षीया बालिकालाई त्यस्तै एक धनी, प्रभावशाली जमिन्दारले बलात्कार गरेर हत्या गरे।