नयाँ दिल्ली—भारत र संयुक्त अरब इमिरेट्स (युएई)बीचको द्विपक्षीय व्यापार २०३० भित्र नै १०० अर्ब अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । पछिल्लो सयम दुई देशबीचको व्यापार वार्षिक रुपमा १२ दशमलव ७ प्रतिशतले बढी रहेको छ ।
युएई भारतको तेस्रो ठूलो व्यापार साझेदार र दोस्रो ठूलो निर्यात गन्तव्य हो ।
प्राइमस पार्टनर्सको प्रतिवेदन अनुसार आर्थिक वर्ष २०२२—२३ मा द्विपक्षीय व्यापार ८५ अर्ब अमेरिकी डलर पुगेको छ
अबु धाबीका युवराज शेख खालेद बिन मोहम्मद बिन जायद अल नाह्यानको भर्खरैको भारत भ्रमणले भारत— युएई आर्थिक सम्बन्ध सुदृढ भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदी र युवराजबीच भएको भेटपछि दुई देशले पाँचवटा एमओयूमा हस्ताक्षर गरेका छन् ।
प्राइमस पार्टनर्स युएईका निर्देशक नादेर हाफरले द्विपक्षीय सम्बन्ध बहुआयामिक साझेदारीमा विकसित भएको बताउँदै क्षेत्रीय र विश्वव्यापी व्यापारको भविष्यलाई नयाँ आकार दिइरहेको बताए ।
धातु, ढुङ्गा, रत्न, र गहना क्षेत्र यूएईमा भारतको प्रमुख निर्यातजन्य बस्तुहरु हुन् ।
यस्तै, दाल, चिनी, फलफूल, तरकारी र चिया सहित यूएईमा भारतको कृषि निर्यातले यूएईको खाद्य सुरक्षा उद्देश्यहरूलाई सम्बोधन गर्न मद्दत गर्दै भारतको निर्यातमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ ।