मुल्तान— पाकिस्तानको राष्ट्रिय वायुसेवा, पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा खराबी र टायर फुट्दा ठूलो दुर्घटनाबाट जोगिएको छ। विमान दुबईबाट मुल्तानका लागि १७२ यात्रु बोकेको एआरआई न्यूजले जनाएको छ ।
विमानमा सबार सबै यात्रु सकुशल रहेका छन् । पिआइएका प्रवक्ताले एयरबस ए३२० विमान धावनमार्गमा तीव्र गतिमा रहेको इन्जिनमा खराबीको चेतावनी प्राप्त भएको बताए । क्याप्टेनले आपतकालीन ब्रेक प्रणाली प्रयोग गरी विमानलाई सुरक्षित स्थानमा ल्याए। तर, एक्कासी ब्रेक लगाउने कारण सबै टायर फुट्यो ।
प्राविधिक गडबडी सच्याउन पीआइए इन्जिनियरिङ विभागले मंगलबार बिहानै निर्धारित उडानमा कराँचीबाट दुबईका लागि टोली पठाएको एआरई न्यूजले जनाएको छ ।
दुई दिनअघि मस्कट (ओमान)बाट पेशावरका लागि उडेको पीआईएको विमानमा हाइड्रोलिक फेल भएपछि कराचीतर्फ डाइभर्ट गरिएको थियो ।