सरगोधा— पाकिस्तानको कोटमोमिन प्रहरीको हिरासतबाट बाबुलाई रिहा गर्न खोज्ने १० कक्षामा अध्ययनरत एक बालिकालाई एक प्रहरी अधिकारीले साथीसँग मिलेर सामूहिक बलात्कार गरेका छन् ।
बालिकाको अवस्था नाजुक बन्दै गएपछि उनीहरूले उनलाई काकीको घर अगाडि छाडेर भागेका थिए ।
पीडित युवतीले कोट मोमिन प्रहरीमा दिएको पहिलो सूचना (एफआइआर) अनुसार उनका बुवालाई चरेसको नक्कली मुद्दामा कोट मोमिन प्रहरी चौकीले पक्राउ गरेको हो । प्रहरी चौकीमा तैनाथ असिस्टेन्ट सबइन्स्पेक्टर (एएसआई) को साथी भएको दाबी गर्ने एक व्यक्तिले उनलाई आफ्नो बुबाको अवस्था बुझि फोन गर्न लगाएका थिए । बुबाको अवस्था बुझ्ना प्रहरी चौकी जाँदै गर्दा एएसआई र उनका साथीले उनलाई कारमा अपहरण गरे र जबरजस्ती निजामाबादको घरमा लगे। दुबै संदिग्धहरूले बन्दुकको डर देखाउँदै सामूहिक बलात्कार गरेको र उनको अवस्था बिग्रिएपछि बिहान २ बजे काकीको घर अगाडि फालिदिएको उनको आरोप छ ।
प्रहरीको प्रतिवेदन अनुसार उजुरीमा परेका दुवै अभियुक्तलाई कोट मोमिन प्रहरीले पक्राउ गरेको थियो ।
पीडित बालिकाले प्रहरीले आफु र परिवारलाई दुव्र्यवहार गरेको र बाबुलाई जबरजस्ती करणी मुद्दा फिर्ता लिन दबाब दिएको र मुद्दा फिर्ता नलिए अरु झुटा मुद्दामा समेत फस्ने धम्की दिएको आरोप लगाएकी छिन् ।
जिल्ला प्रहरी अधिकृत डा असद इजाज मल्हीले घटनाको अनुसन्धान गर्न एसपी नेतृत्वमा छानबिन टोली गठन गरेका छन् ।