मेदान— सिती फैजाले सन् २००८ देखि इन्डोनेसियाको मैदानमा रहेको सेन्ट्रल जाभाको सोलोमा परम्परागत महिला लुगा व्यवसाय, फैजाको प्रोडक्शन हाउस चलाउँदै आएकी छिन्।
फैजाले विश्वविद्यालय पढिरहेकै बेला यो व्यवसाय सुरु गरेकी हुन् । उनको प्रोडक्सन हाउसमा १२ जनाले काम गरिरहेका छन्।
फैजाले उनको व्यवसायको कथा सुनाउँदै विशेष गरी चीनबाट आयात गरिएका सस्तो कपडाहरूसँग प्रतिस्पर्धा गर्न गाह्रो भएको बताएकी छन् ।
“कहिलेकाहीँ म ४०,००० रुपिया (२ रुपैयाँ ६५ सेण्ट अमेरिकी डलर) भन्दा कम मूल्यमा आयात गरिएका कपडाहरू अनलाइनमा देख्छु। यो मूल्यमा मेरो कपडाको लागत पनि उठ्दैन र म सधैं सोच्छु कि मूल्यहरू कसरी यति कम हुन सक्छ“, फैजाले अल जजीरालाई बताइन्।
इन्डोनेसियाको सरकारले फाइजा जस्ता साना—व्यवसाय गर्ने व्यवसायीलाई सम्बोधन गर्दै चिनियाँ सामग्रीको आयातमा २०० प्रतिशतसम्म कर लगाउने प्रस्ताव गरेको छ।
इन्डोनेसियाका वाणिज्य मन्त्री जुल्किफ्ली हसनले अमेरिका–चीन व्यापार युद्धका कारण स्थानीय बजारमा चिनियाँ उत्पादनका कारण देशका साना व्यवसाय “ध्वस्त” हुने खतरा रहेको दाबी गरेका छन्।
‘म कर लगाउने योजनालाई पूर्ण रूपमा समर्थन गर्छु र वास्तवमा हामीले आयातलाई पूर्णतया अस्वीकार गर्नुपर्छ किनभने उनीहरूले स्थानीय व्यवसायहरू नष्ट गरिरहेका छन्’, फैजाका श्रीमान् इन्द्रवनले अल जजीरालाई भने।
यहाँ रहेका करिब ७४ मिलियन माइक्रो, साना र मध्यम आकारका कपढा उद्यमहरू (एमएसएमई) लाई जोगाउन चिनियाँ आयातमा भारी कर लगाउन पर्ने देखिएको उनले भने ।
‘संयुक्त राज्य अमेरिकाले आयातित सिरेमिक वा कपडाहरूमा २०० प्रतिशत कर लगाउन सक्छ भने हामीले किन सक्दैनौँ’, वाणिज्य मन्त्री जुल्किफ्लीले स्थानीय मिडियालाई प्रतिक्रिया दिएका छन् ।
प्रस्तावित करले जुत्ता र कपडादेखि कस्मेटिक्स र सिरेमिकसम्मका सामानहरूको आयातमा असर गर्नेछ।
चीन र इन्डोनेसियाको सबैभन्दा ठूलो व्यापारिक साझेदार हो । गत वर्ष दुई देशबीच १२७ बिलियन अमेरिकी डलरको आयात निर्यात भएको थियो । यसले प्रस्तावित करले अर्थतन्त्रमा मात्र नभई इन्डोनेसिया र चीन बीचको सम्बन्धमा महत्त्वपूर्ण प्रभाव पार्न सक्छ।