साहिवाल— चर्च अफ पाकिस्तानका अध्यक्ष आजाद मार्शलले पाकिस्तानी राष्ट्रपति आसिफ अली जरदारीलाई एउटा पत्र लेखेका छन् जसमा विवादास्पद इस्लामिक प्रचारक जाकिर नाइकले आफ्नो भर्खरको पाकिस्तान भ्रमणको क्रममा ईसाई समुदाय र तिनीहरूको विश्वासको बारेमा गरेको टिप्पणीप्रति चिन्ता व्यक्त गरेका छन्।
गत हप्ता सम्पन्न भएको नाइकको भ्रमणमा धेरै सार्वजनिक भाषण र निजी छलफलहरू समावेश भएको डन पत्रिकाले उल्लेअ गरेको छ।
उनले लेखेको पत्रमा डा जाकिर नाइकको सार्वजनिक सम्बोधनले हाम्रो क्रिश्चियन समुदायमा ठूलो संकट पैदा गरेको छ, किनकि उनले खुला रूपमा हाम्रो विश्वासको प्रामाणिकतामाथि प्रश्न उठाए, हाम्रा पवित्र ग्रन्थहरूलाई बदनाम गरे, र क्रिश्चियन पास्टरहरू र विद्वानहरूको विश्वासलाई कमजोर पार्ने बयान दिएको उल्लेख गरेका छन् ।
नाइकको टिप्पणी धार्मिक अपराध मात्र होइन नभई सबै पाकिस्तानीहरूको राष्ट्रिय गौरवलाई पनि ठेस पुर्याएको पत्रमा उल्लेख गरिएको छ ।
आफ्नो पत्रमा मार्शलले सरकारलाई यस्ता विभाजनकारी र हानिकारक घटनाहरू, विशेष गरी राज्य प्रायोजनमा हुने घटनाहरूलाई भविष्यमा हुन नदिन तत्काल र प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।