दुबई— बैंक अफ बडोदा युएईले दुबईमा व्यापार सेटअप सेवाहरूको लागि विश्वको सबैभन्दा ठूलो डिजिटल फ्री जोन, मेदान फ्री जोनसँग एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेको छन्।
यस साझेदारीको उद्देश्य एसएमईहरूको लागि सहयोग गर्नु हो । सहकार्यले युएईमा एसएमईलाई सशक्तिकरण गर्न र दिगो आर्थिक वृद्धिलाई बढावा दिन दुवै संस्थाहरूको प्रतिबद्धतालाई जोड दिएका छन्।
एमओयूमा अक्टोबर ७, २०२४ मा बैंक अफ बडोदा, जीसीसी अपरेसनका प्रमुख कार्यकारी जगदीश तुंगारियाले र मेदान फ्री जोनका लीजिङ र लाइसेन्सिङ निर्देशक मोहम्मद बिन हुमैदान हस्ताक्षर गरेका थिए।
१९०८ मा स्थापित, बैंक अफ बडोदा भारतको सबैभन्दा ठूलो बैंक हरू मध्ये एक हो भने जसले दुबई, शारजाह, अबु धाबी र रस अल खैमाहमा व्यापक सञ्जाल रहेको छ । यस बैंक यूएईमा एक मात्र भारतीय बैंकको रूपमा सञ्चालनमा रहेको छ जसले चालु खाताहरू, आकर्षक निक्षेप योजनाहरू, एसएमई र कर्पोरेट वित्त, सिन्डिकेटेड ऋण, धितो, व्यापार वित्त र खजाना उत्पादनहरूलगायतका सेवाहरु प्रदान गर्दै आएको छ ।
बैंकले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ, भारतमा द्रुत रकम स्थानान्तरण र एटिएममा बल्क चेक जम्मा गर्ने सुविधा सहित सुविधाजनक डिजिटल सेवाहरू पनि प्रदान गर्ने गरेको छ।
यसबाहेक, मेदान फ्री जोन विश्वको सबैभन्दा ठूलो र सबैभन्दा उन्नत डिजिटल फ्री जोनहरू मध्ये एक हो।