जबरजस्ती श्रमद्वारा उत्पादन गरिएका वस्तुलाई प्रतिबन्ध लगाउने ईयूको निर्णय

 

ब्रसेल्सस् युरोपेली यूनियन (ईयू)ले जबरजस्ती श्रमबाट उत्पादन गरिएको वस्तुलाई प्रतिबन्ध लगाउने नयाँ नियमलाई अनुमोदन गरेको छ । यस नियमले सिनजियाङमा उइघुरहरूको शोषण, साथै उत्तर कोरिया र अन्य राष्ट्रहरूमा जबरजस्ती श्रमको विरुद्ध लड्न मद्दत गर्ने आशा गरेका छन्।

रेडियो फ्री एशिया अनुसार स्वीकृत गरिएको जबरजस्ती श्रम नियमनले चार वर्षअघि सुरु भएको निर्णय प्रक्रियाको अन्तिम चरण हो। रेडियो फ्री एशियाका अनुसार, लगभग २७ दशमलव ६ मिलियन मानिसहरू विश्वव्यापी रूपमा जबरजस्ती श्रमको अधीनमा छन्, जसमध्ये धेरै जसो निजी उद्योगहरूमा काम गर्ने गरेका छन् ।

नयाँ नियमले सबै ईयू सदस्य राष्ट्रहरूले यस्ता उत्पादन वा बिक्री गर्न निषेध गरेको छ जुन पूर्ण वा आंशिक रूपमा जबरजस्ती श्रमको प्रयोग गरि बनाइएको छ ।
रेडियो फ्री एशियाका अनुसार, युरोपेली संसदले उइघुर क्षेत्रमा जबरजस्ती श्रममा लगाउने काममा ईयूले कारबाही नगरेसम्म यो सम्झौतालाई अनुमोदन नगर्ने स्पष्ट पारेको छ।
यद्यपी चीनले उइघुरहरूसँगको व्यवहारको आलोचनालाई कडा रूपमा अस्वीकार गरेको छ र यसलाई आफ्नो आन्तरिक मामिलामा विदेशी हस्तक्षेपको रूपमा चित्रण गरेको छ। यद्यपि, बेइजिङले हालैका वर्षहरूमा १२ मिलियन उइघुरहरूको साथै कजाक, किर्गिज र अन्य टर्किक—भाषी मुस्लिमहरूको साना समूहहरूप्रति लिएको नीतिको लागि धेरै अन्तर्राष्ट्रिय समुदायले चर्को आलोचना गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस