नयाँ दिल्लीस् भारतको मनोरन्जन र मिडिया उद्योग ८ दशमलव ३ प्रतिशत संयुक्त अवधिको बृद्धि दर (सीएजीआर) मा वृद्धि हुँदै ३ लाख ६५ हजार करोड भारतीय रुपैयाँ (१९ दशमलव २ अर्ब अमेरिकी डलर) मा बढेको पीडईयनको विश्वव्यापी मनोरन्जन र मिडिया आउटलुकको प्रतिवेदनले देखाएको छ ।
हाल, अमेरिकाले विश्वव्यापी बजारमा पहिलो स्थानमा रहेको छ भने चीन दोस्रो स्थानमा छ । त्यस्तै भारत ९ औँ स्थानमा रहेको छ ।
बहुराष्ट्रिय परामर्श सेवा कम्पनीका अनुसार डिजिटल विज्ञापन, ओटीटी प्लेटफर्महरू, अनलाइन गेमि र एआईले यी उद्योगको वृद्धि गराएको छ ।
भारतको सुधारिएको विश्वव्यापी सम्बन्धका साथ, विदेशी प्रत्यक्ष लगानी (एफडीआई) वरपर अनुकूल सरकारी नीतिहरूको साथ, आगामी पाँच बर्षमा उच्च वृद्धि दर देखिने भविष्यवाणी गरिएको छ।
यस्तै, भारतको विज्ञापन बसार २०२८ सम्ममा १ लाख ५८ हजार करोडको हुने छ । सन् २०२३ मा यसको बजार १ लाख १ हजार करोडको थियो । त्यस्तै, इण्टरनेटमा हुने विज्ञापन १५ दशमलव ६ प्रतिशतले बढेर ८५ हजार करोडको हुने प्रक्षेपण गरिएको छ । त्यस्तै, टेलिभिजन विज्ञापन पनि वार्षिक रुपमा ४ दशमलव २ प्रतिशतले बढ्नेछ ।